मेस्सी पीएसजीसँग थप एक वर्ष बस्ने
काठमाडाैं | पुस १०, २०७९
काठमाडौं: अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अझै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बस्न सहमत हुनुभएको छ । ३५ वर्षीय मेस्सी पीएसजीसँग नयाँ सम्झौता गर्न सहमत भएपछि उहाँको फ्रान्स बसाई लम्बिने पक्का भएको हो ।
अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएर चर्चाको शिखरमा पुग्नुभएका मेस्सी पीएसजीसँग थप एक वर्षको सम्झौता गर्न तयार हुनुभएको हो । पीएसजीसँग मेस्सीको सम्झौता सन् २०२३ को जुनसम्म रहेको छ ।
मेस्सीले २१ वर्ष लामो बार्सिलोना बसाई टुङ्ग्याएर सन् २०२१ मा दुई वर्षको लागि पीएसजीमा अनुबन्ध हुनुभएको थियो । मेस्सीले पिएसजीका लागि ५३ खेल खेल्दै २३ गोल गर्नुभएको छ । एजेन्सी
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

