मेस्सी पीएसजीसँग थप एक वर्ष बस्ने
काठमाडाैं | पुस १०, २०७९
काठमाडौं: अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अझै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बस्न सहमत हुनुभएको छ । ३५ वर्षीय मेस्सी पीएसजीसँग नयाँ सम्झौता गर्न सहमत भएपछि उहाँको फ्रान्स बसाई लम्बिने पक्का भएको हो ।
अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएर चर्चाको शिखरमा पुग्नुभएका मेस्सी पीएसजीसँग थप एक वर्षको सम्झौता गर्न तयार हुनुभएको हो । पीएसजीसँग मेस्सीको सम्झौता सन् २०२३ को जुनसम्म रहेको छ ।
मेस्सीले २१ वर्ष लामो बार्सिलोना बसाई टुङ्ग्याएर सन् २०२१ मा दुई वर्षको लागि पीएसजीमा अनुबन्ध हुनुभएको थियो । मेस्सीले पिएसजीका लागि ५३ खेल खेल्दै २३ गोल गर्नुभएको छ । एजेन्सी
नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा...
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

